विश्वमा काेराेना संक्रमणबाट ४० लाख भन्दा धरैकाे ज्यान गयाे,कुल संक्रमित १९ कराेड नजिक

याे सामग्री सेअर गर्नुहाेस्

विश्वमा काेराेना संक्रमणबाट ४० लाख भन्दा धरैकाे ज्यान गएकाे छ ।

हालसम्मकाे तथ्यांक अनुसार विश्वमा काेराेना संक्रमणबाट ४० लाख भन्दा धरैकाे ज्यान गएकाे हाे । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार यो समाचार तयार पार्दासम्म ४० लाख भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेहरूमा उक्त संख्याको एक तिहाई संख्या अमेरिका, ब्राजिल र भारतका मात्रै छन् । अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ६ लाख ६० हजारको कोरोना संक्रमणबाट मृत्यु भएको छभने ब्राजिलमा ५ लाख २८ हजारभन्दा बढीको र भारतमा करिब ४ लाख ५ हजारको मृत्यु भइसकेकाे छ ।

 

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ करोड ५० लाखभन्दा बढी  छ । अमेरिकामा ३ करोड ३७ लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । पछिल्लो समय कोरोनाविरुद्ध खोप अभियानलाई तीव्रता दिइएका कारण अमेरिका र युरोपमा भने संक्रमण र मृत्यु हुनेको संख्यामा कमी आएको छ । तर खोप उपलब्ध गराउन समस्या भोगिरहेका इन्डोनेसियालगायतका मुलुकमा भने कोरोना संक्रमण बढिरहेको सीएनएनले उल्लेख गरेको छ ।

 

पछिल्लो समय कोरोना भाइरसकाेको डेल्टा भेरियन्टका कारण विश्वका विभिन्न मुलुकमा संक्रमण बढिरहेको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा देखिएको नयाँ संक्रमितमध्ये आधा संक्रमितहरूमा डेल्टा भेरियन्टकाे काेराेना देखिएको छ ।

 

कुनै बेला विश्वमा कोरोना संक्रमणबाट एकैदिन १४ हजार ७ सयसम्मको मृत्यु भएकोमा पछिल्लो हप्ता भने दैनिक ७ हजार ९ सय जना सम्मकाे मृत्यु भएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार