कोरोना संक्रमणबाट २९ जनाको ज्यान गयाेः १८७५ मा संक्रमण पुष्टि,१२८६ संक्रमित निकाेभए

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, २४ असार २०७८ ।

नेपालमा काेराेना संक्रमणबाट २९ जनाकाे ज्यान गएकाे छ ।

गत २४ घण्टामा काेराेना संक्रमणका कारण थप २९ जनाकाे ज्यान गएकाे हाे । याेसँगै नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे कुल संख्या ९ हजार ३ सय २० पुगेकाे स्वास्थ्य तथा जनसंख्या कन्त्रालयले जनाएकाे छ ।

 

साथै पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरीका विभिन्न प्रयाेगशालामा गरीएकाे  ५ हजार ३७४ नमुनाकाे पीसीआर परीक्षणमा १ हजार २ सय १८ जना र ५ हजार १ सय ३० नमुनाकाे एन्टिजेन परीक्षण गर्दा ६ सय ५७ गरी कुल १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।   याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३ सय ८० पुगेको छ ।

 

यस्तै थप १ हजार २ सय ८६ जना काेराेना संक्रमण निकाे भइ घर फर्किएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेकाे छ । याे निकाेहुने दरकाे ९४.५ प्रतिशत हाे ।

 

हाल सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ४७ जना रहेकाे मन्त्रालयले जनाएकाे छ । जसमध्ये २३ हजार ६ सए ९२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७ सय ५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना संक्रमित मध्ये ५ सय ७२ जना आईसीयू र १ सय ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार