बागलुङ, २७ भदौ २०७८ ।
नेपाली कांग्रेस क्षेत्रीय सभापतिमा युवा नेता दल बहादुर श्रीस रानाले आफ्नो उम्मेदवारी दिनुहुने भएको छ । बागलुङ प्रतिनिधि सभा क्षेत्र नं १ प्रदेश (ख) बाट बागलुङको जैमिनी नगरपालिका १० राङ्खानीमा जन्मनुभएका श्रीस रानाले सभापतिमा उम्मेदवारी दिन लाग्नुभएको हो ।
नेपाल तरुण दलको वर्तमान क्षेत्रीय सभापति समेत रहनुभएका युवा नेता श्रीसले सम्पूर्ण युवाहरुको प्रतिनिधित्व गर्दै क्षेत्रीय सभापतिमा आफ्नो उम्मेदवारी दावी रहेको जानकारी दिनुभयो । “नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बागलुङ प्रतिनिधि सभा क्षेत्र नं १ प्रदेश (ख) बाट सभापतिमा मैले उम्मेदवारी दिने तयारी गरेको छु” जिल्लाखबर डटकमसंग श्रीस रानाले भन्न्नुभयो “अब राजनितिमा युवाहरुको प्रतिनिधित्व हुनुपर्छ, युवाहरुमा राजनितिक चेतना जागरण भए देश विकासमा सहयोग पुग्छ ।”
समाजसेवामा पनि सक्रिय रहनुभएका निर्माण व्यवसायी तथा युवा नेता श्रीसले युवाहरुको लागि यस अघि पनि बिभिन्न सहयोगहरु गर्दै आउनुभएको छ । हिलसाइड निर्माण सेवाका प्रोपाइटर समेत रहनुभएका श्रीसले अबका कांग्रेसीहरुले युवा नेताको खोजी गरेकाले युवाहरुको भुमिका थप आवश्यक रहेको बताउनुभयो ।
याे पनि हेर्नुहाेस् ।
नेपाली कांग्रेस जैमिनी नगर सभापतिमा युवा नेता पुरन श्रीसको दावी
प्रतिक्रिया दिनुहाेस्