बागलुङ, २६ पुस २०७८ ।
जैमिनी नगरपालिका ९ पैञ्युथन्थापका स्वर्गीय घनश्याम प्रसाद शर्माको परिवारलाई सहयोग रकम हस्तान्तण गरिएको छ । रोजगारको शिलशिलामा दुवई गएकाहरुले उठाएको सहयोग रकम शर्माको परिवारलाई हस्तान्तरण गरिएको हो ।
गत मंसिरमा लडेर घाइते हुनुभएका कृष्ण आचार्य भनिने शर्मालाई उपचार गराउनका लागि बागलुङको जैमिनी नगरपालिका २ साउनेपानी दमेक घर भई हाल दुवइमा रहनुभएका प्रेम थापा (राजु), काठमाडौ घर भई हाल दुवइमा रहनुभएका विनोद लामा, बरेङ गाउँपालिका वडा नं २ गुरुङधारा घर भई हाल दुवइमा रहनुभएका टेक बहादुर क्षेत्री, जैमिनी नगरपालिका १ कुश्मिसेरा घर भइ हाल दुवइमा रोजगारी गर्नुहुने विरु मल्ल (विमल) लगाएतको पहलमा १ लाख २७ हजार ५ सय ५४ रुपैयाँ संकलन गरिएको थियो । तर घाइते शर्माको मृत्यु भएपछि उहाँको बालबच्चाको पालन पोषण र शिक्षाको लागि सो रकम प्रेम थापा राजुको श्रीमती खिरा थापा क्षेत्रीको हातबाट आइतबार मृतकको परिवारलाई हस्तान्तरण गरिएको छ ।
रकम हस्तान्तरण गर्दै प्रेम थापाकी श्रीमती रीना थापा खिराले उपचारको लागि रकम उठाएको भएपनि घाइतेको मृत्यु भएपछि उहाँको बालबच्चाको शिक्षा दिक्षाको लागि उक्त रकम नगद सहयोग गरिएको बताउनुभयो । वडा सदस्य शान्तकला शर्मा, समाजसेवी तथा शिक्षक नारायण आचार्य, शिक्षक झपिन्द्र क्षेत्री, जैमिनी ९ का सह सचिव रविन्द्र पौडेल लगाएतको रोहवरमा मृतकका आमालाई विदेशबाट पठाइएको रकमको भौचर सहित हस्तान्तरण गरिएको थियो ।
दुवईको बराकाट भजिटेबल एण्ड फ्रुट कम्पनीमा कार्यरत नेपाली, बंगाली, भारती पाकिस्तानी लगाएतले आफ्नो खर्च कटाएर मृतक शर्माको लागि सो रकम सहयोग गरेका थिए ।
यस्तै आइतबार नै सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड जैमिनी सेवाकेन्द्र कुश्मिसेराले पनि १० हजार रुपैयाँ राहत सहयोग गरेको छ । मृतक शर्मा सिवाईसी सहकारीका सेयर सदस्य उमादेवी शर्माका श्रीमान भएकाले पतिको मृत्युमा दिइने रकम प्रदान गरिएको सहकारीले जानकारी दिएको छ ।
सिवाईसीले सेयर सदस्यको परिवारमा कसैको मृत्यु भएमा श्रीमान वा श्रीमतीको लागि १० हजार एकाघर सदस्यका लासगि ५ हजार र सेयर सदस्य स्वयमको मृत्यु भएमा १५ हजार रुपैयाँ हस्तान्तरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहाेस्