जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलद्वारा दोश्रो जैमिनी महोत्सवको उद्घाटन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २६ पुस २०७८ ।

बागलुङको कुश्मिसेरामा दोश्रो जैमिनी महोत्सवको उद्घाटन भएको छ । सोमबार जैमिनी नगरपालिकाका नगर प्रमख ईन्द्रराज पौडेलले महोत्सवको उद्घाटन गर्नुभएको हो ।

सहारा क्लव कुश्मिसेराको आयोजना र जैमिनी नगरपालिकाको मुख्य सहयोगमा जैमिनी नगरपालिकाको कुश्मिसेरामा सुरु भएको महोत्सव माघ ४ गतेसम्म सञ्चालन आयोजक सहारा क्लव कुश्मिसेराले जानकारी दिएको छ ।

कोरोनाको जोखिमलाई दृस्टिगत गरि महोत्सव स्थलमा मास्क अनिवार्य गरिएको छ भने मुल गेटमा सेनिटाइजरको व्यवस्था गरिएको छ । महोत्सवमा असहाय तथा अपांगता भएकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिनेछ भने सुरक्षाको जोखिम नहोस् भनेर महोत्सव स्थलमा सिसि क्यामेरा जडान गरिएको छ ।

महोत्सवमा १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशीको खुल्ला पुरुष मेयर कप भलिवल प्रतियोगिता आयोजना गएिको छ । प्रतियोगिताको द्वित्तीय पुरस्कार ८० हजार रुपैयाँ, तृतीय पुरस्कार ३० हजार रुपैयाँ र सान्तवना पुरस्कार २० हजार रुपैयाँ रहेको आयोजक सहारा क्लव कुश्मिसेराले जनाएको छ ।

यस्तै महोत्सवकै अवसरमा ३५ हजार रुपैयाँ राशीको खुल्ला उप मेयर कप महिला भलिवल प्रतियोगिताको पनि आयोजना गरिएको छ । प्रथम जैमिनी महोत्सवमा नभएको यो प्रतियोगिता यस बर्ष राख्न लागिएको क्लवका अध्यक्ष सुनारले जानकारी दिनुभयो । खुल्ला उप मेयर कप महिला भलिवल प्रतियोगिताको द्वित्तीय पुरस्कार १७ हजार, तृतीय पुरस्कार ८ हजार र सान्तवना पुरस्कार ५ हजार रुपैयाँ रहेको छ ।

महोत्सवमा खुुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता, खुल्ला पुरुष बि लेभल ब्याडमिन्टन प्रतियोगिता, वडा स्तरीय रत्यौली प्रतियोगिता, वडा स्तरीय भजन प्रतियोगिता, माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, जैमिनी डान्स आईडल, कृषि उपज तथा पशु प्रदर्शनी, भजन, सोरठी, सालैजो, यानिमाया, झ्याउरे सहितको झाँकी, हस्तकला प्रदर्शनी सहित रमाइलो मेला र ख्यातिप्राप्त कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रमहरु गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

“स्थानीय कला संस्कृति तथा खेलकुदको सम्वद्र्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुद्वारा दैनिक साँस्कृतिक प्रस्तुतिहरु रहनेछ ।

सहारा खेल मैदान जैमिनी नगरपालिका २ दुर्लेवेशी कुश्मिसेरामा हुने महोत्सवको मिडिया पार्टनरको रुपमा जैमिनी नगरपालिका १ कुश्मिसेरा बागलुङमा रहेको शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज रहेको छ । जिल्लाखबर डटकम सहित स्थानीय रेडियो र पत्रपत्रिकाहरु मिडिया सहयोगीको रुपमा रहेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो