बागलुङ, १२ माघ २०७८ ।
ग्रामिण क्षेत्रमा सवारी दुर्घटना बढ्न थालेपछि बेलबगर प्रहरी चौकीले चेकजाँचमा कडाई गरेको छ । बागलुङको दक्षिणी भेग जैमिनी नगरपालिका र विशेषगरी कालिगण्डकी करिडोरमा समेत दुर्घटना बढेपछि प्रहरीले कडाई गरेको हो ।
पछिल्लो समय जैमिनी नगरपालिका वडा नं ६, ७ र ८ मा बढी सवारी दुर्घटना बढ्न थालेपछि चेकजाँचमा कडाई गर्न थालिएको बेलबगर प्रहरी चौकीका प्रमुख रविन्द्र उपाध्यायले जानकारी दिनुभयो । कच्ची सडक र सिकारु चालकहरुले सवारी चलाउँदा दुर्घटना बढ्ने भएकाले यस्तो हुन नदिन चालकहरुको सवारी चालक अनुमती पत्र र सवारीका अन्य कागजात समेत चेकजाँच हुन थालेको पह्ररीले जनाएको छ ।
कतिपय मोटरसाइकल चालकहरुले हेल्मेट समेत नलगाई मोटरसाइकल चलाउने गरेको पाइएकाले दुर्घटनाको जोखिम कम गर्न हेल्मेट लगाउन आग्रह गर्ने र जरिवाना समेत तिराउने गरेको प्रहरी प्रमुख उपाध्यायले बताउनुभयो । जैमिनीका ग्रामिण भेग र विशेषगरी कालिगण्डकी करिडोर हुँदै चल्ने सवारी चालकहरुले सवारीको ब्लुबुक, चालक अनुमतिपत्र लाइसेनस् जस्ता कागजातहरु साथमा नराख्ने गरेको पाइएको छ । पछिल्लो समय ग्रामिण बाटोहरुमा ट्याकटर बढी चल्ने तर कलिलो उमेरका चालकहरु रहने र उनिहरुको सवारी चालक अनुमति पत्र समेत नहुने गरेको पाइन्छ ।
प्रतिक्रिया दिनुहाेस्