लागु औषध दुर्व्यशनी बारे सचेतना जगाउँदै जैमिनी, मानिसले गलत गर्नै हुँदैनः पौडेल

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ६ बैशाख २०७९ ।

बागलुङको कुश्मिसेरामा लागु औषध दुर्व्यशनी तथा अपराध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजनामा सोमबार कुश्मिसेरामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

विशेष गरी युवाहरु बढी दुर्व्यशनमा फस्ने गरेको र अझ बढी विद्यालय जाने उमेर समुहका युवाहरु यस्तो कुलतमा फस्ने गरेकाले विद्यालयका विद्यार्थी र युवाहरुलाई सहभागी गराएर सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको जैमिनी नगरपालिकाका सुशासन समितिका संयोजक तथा वडा नं ५ का वडाध्यक्ष गोपाल प्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा कुश्मिसेरा प्रहरी चौकीका ईन्चार्ज लक्ष्मीराज सुवेदीले जैमिनीमा कतिले लागुऔषध सेवन गर्छन् भन्ने तथ्याङ्क नभएपनि फाटफुट घटनाहरु रहेको बताउनुभयो । लागुऔषध सेवन, उत्पादन तथा ओसारपसार गर्नु अपराध भएको भन्दै उहाँले यस्तो कार्य गरेमा कानुनी सजाय हुने बताउनुभयो ।

सचेतनामूलक कार्यक्रममा उहाँले लागुऔषध र अपराध गर्नेहरुलाई प्रहरीले पक्राउ गर्ने र कानुनी कारवाही गर्ने भन्दै कानुनी व्यवस्था र झमेलाबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर नारायण शर्माले लागुऔषध सेवन गर्दा स्वास्थ्यमा हुने समस्या बारे जानकारी गराउनुभएको थियो । लागुऔषध सेवन गर्दा प्राणघातक रोग लाग्ने र अन्त्यमा मृत्यु समेत हुन सक्ने भन्दै उहाँले कुनैपनि लागु औषध र कडाखालको औषधिहरु डाक्टरको सल्लाहबिना खान नहुने बताउनुभयो ।

यस्तै सचेतनामूलक कार्यक्रममा जैमिनी नगरपालिकाका लेखा अधिकृत सुर्य बहादुर विकले लागु औषध तथा दुर्व्यशनीबारे नेपालमा बनेका ऐन नियम र कानुनको विषयमा जानकारी दिँदै कानुनी व्यवस्था र दण्ड जरिवाना सहित सजायको बारेमा प्रष्ट पार्नुभयो । लागु औषधले अपराध निम्त्याउन सक्ने भन्दै उहाँले लागु औषधलाई पनि अपराध सरह कैद र जरिवाना गरिएको बताउनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले गलत बाटोमा लाग्नु मानव जातिको गुणभित्र नपर्ने भएकाले यस्ता कुलतमा फस्न नहुने बताउनुभयो । युवा अवस्थामा बढी कुलतमा फस्ने गरेको भन्दै उहाँले यस्तो उर्जाशिल समय गलत कार्यको लागि खेर फाल्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका बिभिन्न वडाका युवाहरु सहित विद्यार्थीहरु सहभागी भएका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने