राष्ट्रिय जनमोर्चाको आमसभा कुश्मिसेरामा सम्पन्न, ५ दलीय गठबन्धन प्राथमिकता

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ६ बैशाख २०७८ ।

राष्ट्रिय जनमोर्चाको आमसभा बागलुङको कुश्मिसेरामा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा जैमिनी नगर समितिको आयोजनामा मंगलबार आमसभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जातीय समता समाजका केन्द्रिय अध्यक्ष, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य राजेश विकले गठबन्धनका बिषयमा निरन्तर छलफल जारी रहेको जानकारी दिनुभयो । उहाँले जनमोर्चा गठबन्धनमा रहने कि नरहने वा कहाँ रहने कहाँ नरहने भन्ने बारे दुई तिन दिन भित्र टुङगो लाग्ने बताउनुभयो । जैमिनीमा गठबन्धन गरेर जान असाध्यै अप्ठ्यारो रहेकाले एक्लै चुनावमा जानसक्ने बढी सम्भाबना रहेको उहाँको भनाई छ । कार्यकर्ताको बिचार र मनोभावना बिपरित पार्टीले निणर्य नगर्ने भन्दै विकले सम्पुणर् नेता कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभयो ।

कार्यक्रममा जनमोर्चाका केन्द्रिय समिति पूर्र्व सचिब कृष्ण अधिकारीले राजनीतिमा गलत प्रवृत्ति प्रवेश गरेकाले निर्वाचन खर्चिलो र भड्किलो हुदै गईरहेको बताउनुभयो । दलाल र ठेकेदारहरुको पक्षमा शासन सत्ता गैरहेकाले देश आर्थिक संकट तर्फ धकेलिदै गएको उहाँको भनाई छ । बागलुङमा राजमो सँग गठबन्धन गर्नु नेपाली काँग्रेसका लागी सुनौलो अवसर भएको बताउदै उहाँले यो अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

जनमोर्चाका जिल्ला समिति अध्यक्ष तथा राजमो केन्द्रिय सल्लाहकार अमर बहादुर थापाले राजनैतिक दलहरुले गलत व्यक्ति लाई उम्मेदवार बनाउँदा जनताको मतको दुरुपयोग भैरहेको भन्दै निर्वाचनलाई केवल जित्नका लागी उपयोग नगरेर नागरिकको जिवनस्तर उकास्न र सचेतनाका लागी उपयोग गर्नु पर्ने बताउनुभयो । बिगतको निर्वाचनलाई मध्यनजर गर्दा जैमिनिमा गठबन्धनबाट नै घात भएको भन्दै उहाँले गठबन्धनका पार्टीहरु बिच वार्ता जारी रहेको बताउनुभयो । बागलुङ जिल्लाको हकमा राष्ट्रिय जनमोर्चाको जनमतको आधारमा प्रमुख उपप्रमुख लगाएतका पद हरुमा दाबी गरेको तर जन आधार नभएका क्षेत्र र ठाँउमा कुनै पनि पदको दाबी नगरेको थापाको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिब भिमलाल पोखरेलले कुनैपनि दलको आ-आफ्नै महत्व र अस्तित्व रहेको भन्दै जनमोर्चालाई कमजोर सोचेर विभेद गरे परिणाम राम्रो नआउने बताउनुभयो । आफ्नो मत बढी भएको ठाउँमा मात्रै आफ्नो दावी रहेको भन्दै उहाँले गठबन्धन गर्दा कुन क्षेत्रमा कसले जित्न सक्छ भनेर तालमेल गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रिय सल्लाहकार नर बहादुर पुनले गत चुनाबमा नागरिकले प्रयाप्त मत दिएपनि मतदाता शिक्षाको अभाबमा चुनाबमा पराजय भएको बताउनुभयो । राष्ट्रिय जनमोर्चा एक्लै निर्वाचनमा जानसक्ने भन्दै उहाँले अन्य दलहरु गठबन्धन गरेर आएपनि आफूहरु एक्लै त्यसको सामना गर्न तयार हुने बताउनुभयो ।

जैमिनीको आवश्यकताले मागे अनुसार मात्रै एकता हुने र स्थानीय कार्यकर्ताको चाहना अनुसार नै अगाडी बढ्ने भन्दै उहाँले बिकासको भिजन राष्ट्रिय जनमोर्चामा मात्रै भएको दावी गर्नुभयो । गत निर्वाचनमा जनमोर्चाको पराजय हुनु नागरिकको पराजय भएको भन्दै उहाँले गठबन्धनबाटै अन्तरघात र नागरिकहरुले मतदान गर्न नजान्दा हार व्यहोर्नपरेको धारणा राख्नुभयो । सम्भावना र बिकासका पर्‍याप्त समय र सम्भाबना भएपनि जैमिनीमा अहिलेको नेतृत्वले नागरिकको जनजिवन र उनिहरुका चाहना अनुसारको कार्य गर्न नसकेको उहाँको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा जैमिनीका अध्यक्ष डिल बहादुर श्रीसले जैमिनीमा जनमोर्चा कमजोर नभएको भन्दै कमजोर रोच्नेहरुसँग तालमेल नहुने बताउनुभयो । यस अघिको निर्वाचनमा पराजित भएपनि जनमोर्चाको मत सुरक्षित रहेको उहाँको भनाई छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो