काठमाण्डाै, १९ साउन २०७९ ।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको हाे ।
यसअघि निर्वाचन आयोगले मङ्सिर २ गतेका लागि सिफारिस गरे पनि सरकारले मङ्सिर ४ गते निर्वाचन गर्ने गरी मिति घोषणा गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयाे ।
सत्ता गठबन्धनको बुधवार बसेको बैठकले आउँदो मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो । साेहि अनुरूप बिहीबार दिउँसो १ बजे बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । २०७४ सालमा मङ्सिर १० र २१ मा गरी दुई चरणमा चुनाव भएको थियो ।
फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्