जैमिनीमा बार्षिक समिक्षा गोष्टी सम्पन्न, सहकार्य गरेर काम गर्नुपर्नेमा जोड

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १८ साउन २०७९ ।

जैमिनी नगरपालिकामा बार्षिक समिक्षा गोष्टी सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिकामा आर्थिक बर्ष २०७८÷७९ मा सम्पन्न भएका कार्यको बारेमा बुधबार समिक्षा गोष्टी सम्पन्न भएको हो ।

जैमिनी नगरपालिकाको सबै शाखाका शाखा प्रमुख र नगरपालिकासँग सहकार्य गरी नगर क्षेत्रभित्र काम गर्ने बिभिन्न संघ संस्थाहरुले गरेका कार्यहरुको बारेमा पनि समिक्षा गरिएको जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले जानकारी दिनुभयो । नगरपालिकामा कुनै समस्या भए छलफल गरेर समाधान खोज्नुपर्ने भन्दै उहाँले नगरपालिकाका सबै शाखा तथा यहाँ कार्यरत संघसंस्थाहरु एकै परिवारजस्तो भएकाले एक आपसमा समन्वय गर्नुपर्ने धारणा राख्नुभयो ।

जैमिनी नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, वडाध्यक्ष र कार्यपालिकाका सदस्य सहितका जनप्रतिनिधिहरु उपस्थित भएको गोष्टीमा जैमिनी नगरपालिकाको आर्थिक प्रशासन शाखा, योजना शाखा, स्वास्थ्य शाखा, शिक्षा युवा तथा खेलकुद शाखा, आयुर्वेद शाखा, कृषि र पशु सेवा शाखा, प्राविधिक शाखा, प्रधानमन्त्री रोजगार शाखा, लघुउद्यम शाखा, विपद् व्यवस्थापन शाखा लगाएत नगरपालिकाका विषयगत शाखा सहित नगरपालिका सँग सहकार्य गरी बिभिन्न कार्यक्रमहरु लागु भएका सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखहरुले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गोष्टीमा सहभागीहरुले शिक्षा, स्वास्थ्य कृषि, पशु, लघुउद्यम, योजना, सामाजिक क्षेत्र लगाएतका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा जैमिनी नगरपालिकाका उप प्रमुख हरिहर शर्माले गोष्टीमा उठेका विषयहरु जनताका प्रतिनिधिमूलक विषयवस्तु भएकाले यसलाई शुक्ष्म तरिकाले सोचेर समाधान गर्नुपर्ने बताउनुभयो । नगरपालिकामा भएको श्रोत र साधानलाई उचित प्रयोग गर्दै जनप्रतिनिधि र कर्मचारी विच सुमधुर सम्बन्ध कायम गरी समस्या समाधान गर्नेपर्ने उहाँको भनाई छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो