नुवाकाेट, २१ साउन २०७९ ।
शनिबार बिहानै भुकम्पकाे धक्का महशुस भएकाे छ । नुवाकाेटकाे बेलकाेटगढी केन्द्रबिन्दु भएर बिहानै भुकम्प गएकाे हाे ।
बिहान ५ बजेर २६ मिनेटमा नुवाकाेटकाे बेलकाेटगढी नगरपालिका ११ अमारे आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिनुभयो । याे २०७२ सालको भूकम्पपछिकाे पराकम्पन रहेकाे उहाँकाे भनाइ छ ।
नुवाकोटसहित आसपासका जिल्ला र काठमाण्डौ उपत्यकामा समेत भुकम्पकाे धक्का महसुस गरिएको छ ।
फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्