जैमिनीको परिचय झल्कने “जैमिनी दर्पण” पुस्तक विमोचन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २१ साउन २०७९ ।

जैमिनी नगर सेवा समाज काठमाडौंले आज एक कार्यक्रमका बीच जैमिनी दर्पण नामक पुस्तक विमोचन गरेको छ । बागलुङको जैमिनी नगरपालिकाबाट काठमाडांैमा बसोबास गर्नेहरूको संस्थाले आफ्नो ठाउँको चिनारी गराउने गरी पुस्तक सार्वजनिक गरेको हो ।

जैमिनी नगरपालिकाको धार्मिक, ऐतिहासिक, पर्यटकीय स्थल लगाएतका चिनारीहरुलाई समेटेर पुस्तक तयार पारिएको प्रकाशन संयोजक विष्णु शर्मा आचार्यले जानकारी दिनुभयो । जैमिनी दर्पणलाई जैमिनी नगरपालिकाको स्थानीय पाठ्यक्रममा समावेश गराउने तयारी समेत भएको छ ।

कार्यक्रममा ठमेल पर्यटन परिषद्को अध्यक्षमा निर्वाचित जैमिनीका भविश्वर ढुङ्गाना र नेपाल प्रेस युनियनको महासचिवमा निर्वाचित जैमिनीका दिलीप पौडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा शिक्षा मन्त्री देवेन्द्र पौडेलले यस्ता खालका कार्यक्रमले जैमिनी विकासको लागि महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो । फरक फरक विचार बोक्नेहरु भए पनि जैमिनीको विकासको लागि एकजुट हुनुपर्ने भन्दै पौडेलले जैमिनी दर्पणले जैमिनीको ऐना देखाएको धारणा राख्नुभयो । जैमिनी मेहनती र पराक्रमी रहेको ठाउँको रूपले परिचय बनाएको ठाउँ भएकाले यहाँका नागरिकहरुले यो शाखलाई जोगाइराख्नुपर्ने उहाँको भनाई छ ।

संस्थाका अध्यक्ष हरि प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बागलुङका संघीय सांसद डाक्टर सूर्य पाठक, मना केसी, उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन, उपप्रमुख हरिहर शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो