जैमिनीमा ४२ औँ विश्व खाद्य दिवस बिभिन्न कार्यक्रम गरी मनाइयो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३१ असोज २०७९ ।

बागलुङको जैमिनीमा ४२ औँ विश्व खाद्य दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । आइतबार जैमिनी नगरपालिकाको आयोजनामा अन्तरक्रिया सहित बिभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाइएको हो ।

शान्ति माध्यामिक विद्यालय र हिमालयन आवाशीय माध्यामिक विद्यालयका विद्यार्थीहरु सहितको र्‍याली बजार परिक्रमा गरी नगरपालिकाको सभाहलमा कार्यक्रम गरिएको जैमिनी नगरपालिकाले जनाएको छ ।

जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी सहित जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले खाद्य स्वच्छता र आहारको विषयमा बोलेका थिए ।

स्वास्थ्य आहार, भोकमूक्त संसार भन्ने नारासहित मनायएको कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले खाना खानुमात्रै नभई स्वच्छ खाना खानु महत्वपूणर् भएको बताउनुभयो । अहिले गाउँघरको अर्गानिक खाद्यन्न छोडेर बजारिया खाद्यन्न भित्राउने चलन बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले आफैँले उब्जाएर खाने बानी बसाल्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले आयातित खानाले स्वास्थ्यमा समस्या मात्रै नभई आर्थिक पाटो पनि कमजोर हुने हुँदा स्थानीय खाद्यन्न नै प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । स्वच्छ र सन्तुलित आहारले मानव जिवनमा सकारात्मक प्रभाव पार्ने हुँदा सोहि अनुरुप आहार विहारमा ध्यान दिन उहाँको आग्रह छ ।

जैमिनी नगरपालिकाको कार्यलयबाट सुरु भएको बिभिन्न प्लेकार्ड सहितको र्‍याली कुश्मिसेरा बजार परिक्रमा गरी जैमिनी नगपालिकाको सभाहलमा पुगेर टुंगिएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने