जैमिनीमा गठबन्धनको सम्पर्क कार्यलय स्थापना, अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २९ असोज २०७९ ।

जैमिनीमा गठबन्धनको सम्पर्क कार्यलय स्थापना गरिएको छ । बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा ख को लागि गठबन्धनले सम्पर्क कार्यलय स्थापना गरेको हो ।

शनिबार बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार चित्र बहादुर केसी र बागलुङ क्षेत्र नम्बर १, प्रदेश सभा ख का उम्मेदवार डिल्लीराम सुवेदीले संयुक्त रुपमा चुनावी सम्पर्क कार्यलयको उद्घाटन गरेको गठबन्धनको चुनावी प्रचार कमिटिले जानकारी दिएको छ ।

यस्तै शनिबार नै गठबन्धनको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १, प्रदेश सभा ख का क्षेत्रीय सभापति दल बहादुर श्रीस रानाको सभापतित्व र बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार चित्र बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गठबन्धन दलमा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष तथा बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार चित्र बहादुर केसीले पार्टीको मुद्धा भन्दा पनि देशको मुद्धा लिएर आफूहरु चुनावी मैदानमा आएको बताउनुभयो । २०७२ सालको संविधानमा नभएको व्यवस्थालाई प्रयोग गरेर संसद विघटन गरेको ओली सरकारको प्रतिगमन विरुद्ध गठबन्धन गरेको भन्दै उहाँले संविधानको रक्षा गर्न सबै जनता लाग्नुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक स्वार्थ भन्दा देशको अवस्था हेरेर आफूहरुले गठबन्धन गरेको उहाँको भनाई छ ।

यस्तै कार्यक्रममा बागलुङ क्षेत्र नम्बर १, प्रदेश सभा ख का उम्मेदवार डिल्लीराम सुवेदीले हिजोका दिन कांग्रेस र कम्युनिष्ट भनेर हिँडेपनि अहिले एकैठाउँमा हुँदा धेरैको प्रश्न रहेको भन्दै अहिलेको परिस्थितिले गठबन्धनमा जानु परेको बताउनुभयो । जनताको अपेक्षा र चाहना अनुरुप काम गर्न आफूहरु तयार रहेको र यसमा जनताले पनि साथ दिने उहाँको भनाई छ ।

जनताले चाहेको जस्तो संरचनामा अहिले देश नरहेको भन्दै उहाँले अबका दिनमा पद्धति बसाल्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा गठबन्धन दलका बिभिन्न अगुवा नेता तथा कार्यकर्ताहरुले मन्तव्य राखेका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो