आज काठमाडौमा बृहत ट्याक्सी र्‍याली हुँदै, चक्रपथ परिक्रमा गर्ने

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
काठमाडौ, २४ असार २०८१ ।

काठमाडौमा आज बृहत ट्याक्सी र्‍याली हुर्दैछ । आज बिहान ११ बजे पशुपतिनाथ मन्दिरबाट ट्याक्सी र्‍याली हुने भएको हो ।

मानव सेवा फाउण्डेशनले आयोजना गरेको ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको अवसरमा ट्याक्सी र्‍यालीको आयोजना गरिएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । पशुपति कोटीहोमको बारे सबैलाई जानकारी दिन र शान्तिको सन्देश फैलाउन र्‍यालीको आयोजना गरिएको बताइएको छ । ट्याक्सी र्‍याली पशुपतिनाथ मन्दिर परिसरबाट सुरु भएर चक्रपथ परिक्रमा गर्नेछ ।

मानव सेवा फाउण्डेशनले पशुपति मन्दिर क्षेत्रको हंशमण्डप वनकालीमा यहि साउन १ गतेदेखि ३२ गतेसम्म ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको आयोजना गरेको छ । महायज्ञबाट उठेको रकमले मामाघर अनाथालय आश्रम ललितपूर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भवनको भवन निर्माण गरिने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार