आफन्तकाे खाेजीमा आउनेहरूलाई चितवनका होटलमा निःशुल्क खाना र बासको व्यवस्था

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, २७ असार २०८१ ।

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेर बेपत्ता दुई बसका यात्रु खोज्न आउने आफन्तलाई चितवनका होटलहरूले निःशुल्क खाना र बासको व्यवस्था गर्ने भएका छन् ।

होटल व्यवसायी सङ्घ चितवनले पहिरोमा परेर बससँगै बेपत्ता भएकाहरूको खोजीका लागि आउनेहरूलाई निःशुल्क खाना खुवाउने र बसाल्ने निर्णय गरेको हो । सङ्घले आज विज्ञप्ति निकालेर बेपत्ता भएकाहरूको उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरेको अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिनुभयो ।

पहिरोमा परेर बेपत्ता भएका आफन्तको खोजीमा आउँदा खान/बस्न समस्या नहोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न होटलमा निःशुल्क खाना र बस्नको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आज बिहान नारायणगढ–मुग्लिन सडकमा पहिरोमा परेर बेपत्ता भएका दुई वटा बसको खोजी भइरहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार