विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाै, ४ साउन २०८१ ।

सफ्टवेयर कम्पनी माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभरका कैयौँ बैंक, मिडिया समूह र एअरलाइन्स प्रभावित भएका छन् । माइक्रोसफ्टको सर्भरमा समस्या आएसँगै विश्वभरका कैयौँ बैंक, एअरलाइन्स र दूरसञ्चार सेवाका कामकाज अचानक ठप्प भएका हुन् ।

केही टीभी र प्रसारण कम्पनीको सेवा पनि रोकिएको छ । माइक्रोसफ्टले भने समस्या समाधानका लागि पहल भइरहेको जनाएको बिबिसीकाे खबरमा उल्लेख छ ।

सूचना प्रणाली ठप्प हुँदा सिड्नी एअरपोर्ट र युनाइटेड एअरलाइन्सको विमान सञ्चालन हुन सकेको छैन । यस्तै अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एअरलाइन्सले विश्वभरमा आफ्नो उडान रोकेको छ ।

यसैगरी बेलायतका ट्रेन कम्पनी, बर्लिन एअरपोर्ट, स्पेनको एअरपोर्र्टमा पनि समस्या आइरहेको बीबीसीको खबरमा उल्लेख छ । यस्तै बेलायतको स्काई न्युज च्यानल अफ एअर भएको छ ।

नेपालमा पनि कम्प्युटरमा समस्या देखिँदा काैयाैँ काम राेकिएका छन् ।  एजेन्सी


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार