एकैदिन झण्डै छ हजारमा काेराेना संक्रमण पुष्टिः थप ३३ काे मृत्यु, सक्रिय संक्रमित संख्या बढ्दै

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, १७ बैशाख २०७८ ।

नेपालमा थप ५ हजार ७ सय २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा देशभरीका बिभिन्न प्रयाेगशालाहरूमा गरीएकाे परीक्षणमा थप ५ हजार ७ सय २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।  शुक्रबार १५ हजार ३ सय ९१ नमुनाकाे पीसीआर परीक्षण गर्दा ५ हजार ६ सय ५७ जना र  ५ सय २५ जनाको एन्टिजेन परीक्षण गरीएकाेमा  ७० जना गरी कुल ५ हजार ७ सय २७ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

 

नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ । हाल  नेपालमा कुल ३८ हजार ८ सय १३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ३६ हजार १ सय ३५ जना होम आइसोलेसनमा र दुई हजार ६ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने  संक्रमितमध्ये ३ सय ३१ जना आईसीयूमा र १ सय १५ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले उल्लेख गरेकाे छ ।

 

पछिल्लाे २४ घण्टामा ९ सय २८ जना कोरोना भाइरसकाे संक्रमण  निकाेभइ घर फर्किएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या २ लाख ८१ हजार ९५ पुगेकाे छ ।

 

यसैगरी पछिल्लाे २४ घण्टामा थप ३३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे कुल संख्या ३ हजार २ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार