सरकार भन्छ: “धान्नै नसकिने गरी काेराेना बढ्याे, अस्पतालमा बेड उपलबध गराउन असमर्थ छाैँ”

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, १७ बैशाख २०७८ ।

धान्नै नसकिने गरी काेराेना बढेकाे भन्दै सरकारले ध्यानाकर्षण गराएकाे छ । कोरोना सङ्क्रमणबाट अति प्रभावित जिल्लाहरूमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताइएकाे हाे ।

स्वास्थ्य मन्त्रालयले सर्वसाधारणका लागि अपिल जारी गर्दै मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बिरामीको सङ्ख्या धान्नै नसक्ने अवस्थामा पुगेको बताएको छ ।

मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले  सङ्क्रमणका विरामीका लागि अस्पतालमा शैय्या उपलब्ध गराउनै नसक्ने अवस्था आएको र सङ्क्रमण डरलाग्दो गरी बढिरहेको जानकारी दिनुभएकाे छ । काेराेनाकाे जाेखिम डरलाग्दाे भएकाे भन्दै मन्त्रालयले स्वास्थ्यका मापदण्ड पालना गर्न सबैसँग अनुरोध गरेको छ ।

 

 

 

May be an image of text


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार