काठमाडौमा बृहत मोटरसाइकल र्‍याली हुने, सहभागी हुन आयोजकको निम्तो

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
काठमाडौ, ७ असार २०८१ ।

काठमाडौमा बृहत मोटरसाइकल र्‍याली हुने भएको छ । यहि असार २२ गते काठमाडौको चक्रपथमा बृहत मोटरसाइकल र्‍याली हुने भएको हो ।

मानव सेवा फाउण्डेशनले आयोजना गरेको ऐतिहासिक पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको अवसर पारेर मोटरसाइकल र्‍याली गर्न लागिएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।

मामाघर अनाथालय आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको भवन निर्माण सहयोगार्थ हुन लागेको कोटीहोम सफल पार्न आयोजना गरिएको मोटरसाइकल र्‍यालीमा सहभागी हुन भक्तजनहरुलाई आयोजक संस्थाले आग्रह गरेको छ । शान्तिको सन्देश दिन आयोजना गरिने र्‍यालीमा जोसुकै पनि सहभागी हुन सक्नेछन् । सहभागी हुन चाहनेहरुले फाउण्डेशनको सम्पर्क नम्बर ९८५१३५७०१३ वा ९८०२३७००८१ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, १ हजार १ सय बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २ हजार १ सय बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने छ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी, श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा, श्रीमद् देवि भागवत वाचिका विदुषी डाक्टर कान्ता भट्टराई लगायतले कथावाचन गर्नुहुने छ ।

साउन १ गतेदेखि ३२ गतेसम्म पशु्पति मन्दिर क्षेत्रको हंशमण्डप वनकालीमा हुने कोटीहोममा असार २२ गतेबाट विभिन्न कार्यक्रम थालिने भएपनि महायज्ञको उद्घाटन भने साउन १ गते हुनेछ । साउन महिनामा पशुपति मन्दिरमा भक्तजनहरुको उल्लेख्य उपस्थिति हुने र सोहि समयमा युगमा एकपटक हुने बृहत कोटीहोमको आयोजना गरिएको आयोजकले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार