मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुल्याे, ओभरटेक नगरि गाडी चलाउन आग्रह

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, ८ असार २०८१ ।

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत सिमलतालमा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । पहिरोका कारण राति झन्डै १ बजेतिर अवरुद्ध भएको सडक अघि बिहान साढे ५ बजेदेखि दुईतर्फी नै खुलेको हो ।

सडक अवरुद्ध हुँदा रोकिएका गाडी गन्तव्यतर्फ लागेका मुग्लिन प्रहरीले जनाएको छ । चार घण्टाभन्दा बढी समयसम्म रोकिएका गाडी एकैपटक चल्न थालेकाले अहिले मुग्लिन–नारायणगढ सडकमा चाप छ । प्रहरीले ‘ओभरटेक’ नगरि गाडी चलाउन आग्रह गरेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार