स्वामी शंकराचार्य अविमुक्तेस्वरानन्द नेपाल आउँदै, बृहत कोटीहोमको उद्घाटन गर्ने

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
काठमाडौ, ९ असार २०८१ ।

विश्व प्रशिद्ध स्वामी शंकराचार्य नेपाल आउनुहुने भएको छ । मानव सेवा फाउण्डेशनले आयोजना गरेको कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको उद्घाटन गर्नका लागि ज्योतिष पीठाधिश्वर अनन्त श्री विभूषित शंकराचार्य स्वामी अविमुक्तेस्वरानन्द सरस्वती जी महाराज नेपाल आउनुहुने भएको हो ।

साउन १ गतेदेखि ३२ गतेसम्म पशु्पति मन्दिर क्षेत्रको वनकालीमा हुने कोटीहोमको उद्घाटन गर्न स्वामी नेपाल आउनुहुने आयोजक मानव सेवा फाउण्डेशनका सञ्चार संयोजक युसुफ मियाँले जानकारी दिनुभयो । असार २२ गतेबाट विभिन्न कार्यक्रम थालिने महायज्ञको उद्घाटन साउन १ गते हुनेछ ।

साउन महिनामा पशुपति मन्दिरमा भक्तजनहरुको उल्लेख्य उपस्थिति हुने र सोहि समयमा युगमा एकपटक हुने बृहत कोटीहोमको आयोजना गरिएको आयोजकले जनाएको छ । महायज्ञका लागि विभिन्न उपसमिति गठन गरि कार्य प्रारम्भ भैरहेको छ ।

मामाघर अनाथालय आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको भवन निर्माण सहयोगार्थ हुन लागेको कोटीहोमको तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । महायज्ञ सम्पन्न गर्न विभिन्न तवरबाट निमन्त्रणा समेत भैरहेको छ ।
मानव सेवा फाउण्डेशन सहित विजय कृष्णमूर्ति जी महाराज फाउण्डेशन, मामाघर अनाथालय सर्पोट एण्ड केयर सेन्टर, छोरीको घर ज्येष्ठ नागरिक आश्रम, हिन्दु सेना नेपाल, डोनेट फर नेपाल, मामाघर परोपकार तथा सेवा आश्रम, माइतीघर ज्येष्ठ नागरिक स्याहार तथा संरक्षण केन्द्र, पञ्चकन्या धाम एवं गाइघाट क्षेत्र संरक्षण तथा विकास प्रतिष्ठान, स्वधर्म परिवार नेपाल लगाएतका संस्था महायज्ञको आयोजक रहेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार