काठमाडाै, १६ जेठ २०८१ ।
सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ । सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी बर्षको बजेट सार्वजनिक गर्नुभएको हो ।
१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१ दशमलव ३१ प्रतिशत बजेट विनियोजन गरेकाे छ । पूँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
आउँदाे आर्थिक वर्षकाे बजेटमा सरकारले ऊर्जा तथा जलविद्युत्, पर्यटन, सूचना तथा प्रविधि, स्वदेशी वस्तुकाे प्रयाेग, उपभाेक्ता अदालत स्थापना लगायतलाई प्राथमिकता राखेकाे छ ।
यस्ताे छ बजेटकाे पूर्णपाठ
[googlepdf url=”http://jillakhabar.com/wp-content/uploads/2024/05/budget-FC-2081-82-Jillakhabar.pdf” width=”100%” height=”600″]
प्रतिक्रिया दिनुहाेस्