सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडाेर सडक बन्द

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १४ जेठ २०८१ ।

सुक्खा पहिरो खसेपछि गए रातिदेखि कालीगण्डकी करिडोरको बाग्लुङ–गुल्मी खण्ड बन्द भएको छ । बाग्लुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भीरमा गए राति पहिरो खसेको हो । पहिरोले बाग्लुङ–गुल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्बेनी सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

यसअघि फागुन ११ र २६ गते पनि अहिले खसेकै ठाउँमा पहिरो खस्दा करिडोर एक हप्ता बन्द भएको थियो । बाग्लुङको मालढुङ्गाबाट गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला एक्कासी पहाडको ठूलो ढिस्को खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इन्जिनियर छकबहादुर गुरुङले बताउनुभयो । पहिरो निकै ठूलो भएकाले यो पटक पनि सडक खुल्न समय लाग्ने आयोजनाले जनाएको छ ।

सडक बन्द भएका कारण जिल्ला सदरमुकाम बाग्लुङ बजार र दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाबाट बुटवललगायत ठाउँमा चल्ने गाडी रोकिएका छन् । रासस


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो