आजबाट पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो, यस्ताे छ दररेट

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डौ, १९ जेठ २०८१ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६५ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको १५० रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ तथा डिजेल र मट्टीतेलको १५२ रूपैयाँ पर्नेछ ।

यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६८ रूपैयाँ तथा डिजेल र मट्टीतेलको १५३ रूपैयाँ पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

May be an image of blueprint and text


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

काठमाडौमा बृहत मोटरसाइकल र्‍याली हुने, सहभागी हुन आयोजकको निम्तो

मनसुन आइतवारसम्ममा देशभर फैलिने, जाेखिमबाट सतर्क रहन आग्रह

पशुपति क्षेत्रमा ऐतिहासिक पशुपति कोटिहोम हुँदै, महायज्ञको तयारी तिब्र