धुल्लुबाँस्कोटको एक गोठमा आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर नष्ट

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० बैशाख २०७९ ।

धुल्लुबाँस्कोटको एक गोठमा आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ । आइतबार बिहान ४ बजेतिर बागलुङको बरेङ गाउँपालिका १ धुल्लुबाँस्कोट जिमिरेमा आगलागी हुँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

हरिलाल उपाध्यायको टिनको छानो भएको गोठमा आगलागी हुँदा गोठमा भएका घाँसपात र अन्नपात सबै जलेर नष्ट भएको छ । आगलागी के कारणले लाग्यो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

बिहान ४ बजे स्थानीयले आगलागी भएको देखेपछि सबै जुटेर आगो नियन्त्रणमा लिएका थिए । गोठमा रहेको भैसी जोगाउन सफल भएपनि गोठमा भएका समुहका भाँडाकुडा लगाएतका सबै सामान भने जलेर नष्ट भएको छ ।

सो गोठमा देवि शर्मा बस्दै आउनुभएको थियो । टिनको छानो सहितको गोठ जलेर पूर्ण रुपमा नष्ट भएपछि शर्माको विचल्ली भएको छ । गत बर्खामा आफ्नो घर अघिबाट पहिरो गएपछि शर्मा छिमेकीको गोठमा बस्दै आउनुभएको थियो । आगलागीका कारण कुनै मानवीय क्षति र अप्रिउ घटना नभएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिव डेढ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यलय बरेङडाँडाको प्रहरी टोली पुगेर घटनाको मुचुल्का र अनुसन्धान गरिरहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो