जैमिनीमा पनि मनाईयो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, वक्तृत्वकला प्रतियोगिता सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, २४ फागुन २०७९ ।

बागलुङको जैमिनीमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बनाइएको छ । बुधबार जैमिनी नगरपालिकाको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सहितका कार्यक्रम गरी श्रमिक महिला दिवस मनाइएको हो ।

समाज परिवर्तनमा महिलाहरुको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा जनता माध्यामिक विद्यालय पैयुँथन्थापकी सम्झौता सप्लाङ्गी प्रथम, सुन्तलाचौर माध्यामिक विद्यालय दमेककी दिक्षा सापकोटा द्वित्तीय, जनता माध्यामिक विद्यालय सर्कुवाकी सुषुप्ती चालिसे तृतीय र जनशिक्षित माध्यामिक विद्यालय अर्जेवाकी शान्ती नेपाली शान्तवना भएका छन् । वक्तृत्वकला प्रतियोगितामा १० जना सहभागी भएका थिए ।

कार्यक्रमको शुभारम्भमा विभिन्न नारा लेखिएको प्लेकार्ड सहित कुश्मिसेरा बजार परिक्रमा गरिएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार