काेराेना संक्रमण भयावहः मंगलबार सम्म नेपालका ७२ जिल्लामा निषेधाज्ञा लागु, बिवरण सहित

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैँ, २८ बैशाख २०७८ ।

नेपालमा काेराेना संक्रमणकाे स्थिति झन् भयावह बन्दै गएकाे छ ।

देशभरीका बिभिन्न जिल्लामा निषेधाज्ञा लगाइए पनि काेराेना संक्रमणकाे स्थिति झन् भयावह बन्दै गएकाे हाे । पछिल्लाे समय काेराेना संक्रमण झन् भयावह बन्दै गएकाे तथ्यांकले देखाएकाे छ । निषेधाज्ञा जारी गरीएका जिल्लाकाे संख्या बढ्दै गएपनि काेराेना संक्रमणद भने घटेकाे छैन । अझ काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या बढिरहेकाे छ । मंगलबार २२५ जनाकाे ज्यान गएकाे छभने ९४८३ जना नयाँ संक्रमित थपिएका छन् ।

 

मंगलबार सम्म नेपालका ७२ जिल्लामा निषेधाज्ञा लगाइएकाे छ । काेराेना संक्रमण तिब्रगतिमा फैलिरहेका बेला संक्रमण राेकथाम र नियन्त्रणका लागि मंगलबार सम्म ७२ जिल्लामा निषेधाज्ञा लगाइएकाे गृह मन्त्रालयले जनाएकाे छ ।

 

अहिले ७२ जिल्ला मध्ये ७ जिल्लामा  आंशिक रूपमा र ६५ जिल्लामा पुर्ण रूपमा निषेधाज्ञा जारी गरीएकाे छ । काभ्रेपलाञ्चाेक, मकवानपुर, रामेछाप, ताप्लेजुङ, सिन्धुपाल्चाेक, सप्तरी र धनकुटामा आंशिकरूपमा निषेधाज्ञा लगाइएकाे छ । नेपालका ५ जिल्ला बाहेकका सबै जिल्लामा आंशिक तथा पुर्ण रूपमा निषेधाज्ञा लागु भएकाे छ ।

 

निषेधाज्ञाकाे पुरा बिवरण हेर्नुहाेस्ः

 

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार