रूपन्देही र बाँकेमा गरी थप १९ जना काेराेना संक्रमितकाे मृत्यु

याे सामग्री सेअर गर्नुहाेस्

रूपन्देही/बाँके २९ बैशाख २०७८ ।

रूपन्देही र बाँकेमा गरी थप १९ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

मंगलबार साँझ देखि बुधबार बिहान सम्ममा थप १९ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । रूपन्देहीकाे  बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना रुपन्देहीका र एक जना पाल्पाका हुन् । कोरोना विशेष अस्पतालमा आईसीयू बेड पर्खेर बसेका उनीहरुको इमर्जेन्सी कक्षमै ज्यान गएको हो ।

 

रूपन्देहीकाे सैनामैना-७ का ३६ वर्षीय पुरुषको मंगरलबार साँझ ६:३५ बजे  बैशाख २६ गते देखि इमर्जेन्सीमा रहेका बुटवल–११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५:३३ बजे र मंगलबार इमर्जेन्सीमा भर्ना भएका पाल्पाकाे तानसेन–१४ का ३८ वर्षीय पुरुषको मंगलबार राती ११ बजे, मृत्यु भएको छभने, मंगलबार नै भर्ना भएकी तिलोत्तमा–६ की ७० वर्षीया महिलाको बुधबार बिहान ७:५२ बजे र बैशाख २४ गते देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि बुधबार बिहान ५:५२ बजे मृत्यु भएको  अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयाे ।  योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २९९ पुगेको छ ।

 

यसैगरी बाँकेमा उपचाररत १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार ९ बजे रातिदेखि बुधबार बिहान १० बजेसम्म विभिन्न अस्पतालमा उपचाररत १४ जना काेराेना संक्रमितको मृत्यु भएको हाे । मृत्यु भएका मध्ये ७ जना बाँके, ४ जना बर्दिया र एक-एक जना सल्‍यान, कैलाली र दाङ्ग जिल्लाका रहेका जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयाे ।

 

भेरी अस्पताल नेपालगञ्‍जमा उपचाररत नेपालगन्ज उपमहानगर-५ का ४४ वर्षीय पुरूषको बुधबार विहान ६: ३० बजे, नेपालगन्ज उपमहानगर-१६ का ४९ वर्षीया महिलाको बुधबार बिहान ८: ३० बजे, मृत्‍यु भएको छ । यस्तै बाँकेकै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत कोहलपुर नपरपालिका-२ की ३० वर्षीया महिलाको मंगलबार राति ९: ३० बजे,  कोहलपुर-१० की ४५ वर्षीया महिलाको बुधबार बिहान १: ३० बजे, कोहलपुर-११ का ४१ वर्षीय पुरूषको बुधबार बिहान ४ बजे र कोहलपुर-१४ की ६४ वर्षीया महिलाको बुधबार ५:३० बजे मृत्‍यु भएको छ ।  साथै गुलरिया-९ बर्दियाका ४७ वर्षीया महिलाको बुधबार बिहान ८ बजे, बर्दियाकै मधुबन नगरपालिका-६ का ५५ वर्षीय पुरूषको बुधबार बिहान ८: ३० बजे र बर्दियाकै बढैयाताल गाउँपालिका ६५ वर्षीय पुरूषको बुधबार बिहान १० बजे मृत्यु भएको छ ।

 

यस्तै भेरी अस्पतालमै बनगाड कुभिन्डे-६, सल्यानका ५० वर्षीय पुरूषको बुधबार ८: ३० बजे मृत्यु भएको छ भने घोडाघोडी-१ कैलालीका ६० वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा बुधबार बिहान ४: ४५ बजे मृत्‍यु भएको छ । साथै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमामै बासगढी ९ बर्दियाका ६४ वर्षिय पुरुष, नेपालगञ्ज ७ का ६६ वर्षिय पुरुष र दाङ्ग तुल्सीपुरका ६६ वर्षिय पुरुषकाे मृत्यु भएकाे छ ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार