९३०५ जनामा काेराेना संक्रमण पुष्टिः सक्रिय संक्रमित एक लाख नाघे, १६८ जनाकाे ज्यानगयाे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैँ, २९ बैशाख २०७८ ।

नेपालमा थप ९ हजार ३ सय ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लाे २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । देशभरीका विभिन्न प्रयाेगशालामा  २० हजार ३ सय ६२ नमुनाकाे आरटीपीसीआर परीक्षण गरिएकोमा ९ हजार २ सय ३८ र ४ सय २४ नमुनाको एन्टीजेन परीक्षण गरिएकोमा ६७ जना गरी कुल ९ हजार ३ सय ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । याेसँगै नेपालमा कोरोना संक्रमितकाे कुल संख्या ४ लाख २२ हजार ३ सय ४९ पुगेको छ ।

 

नेपालमा सक्रिय संक्रमित संख्या एक लाख नाघेकाे छ । नेपालमा सक्रिय संक्रमित संख्या एक लाख नाघेकाे याे पहिलाे पटक हाे । हाल एक लाख १ हजार ६ सय ३४ जनामा काेराेना संक्रमण सक्रिय रहेकाे मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

यस्तै पछिल्लाे २४ घण्टामा ४ हजार ४ सय ४४ जना काेराेना संक्रमण निकाेभइ घर फर्किएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या ३ लाख १६ हजार ४ सय ६३ पुगेकाे छ । संक्रमण बढ्दै गएकाले निकाेहुने दर  ७४.९ प्रतिशतमा झरेकाे छ ।  हाल एक हजार २ सय ४१ संक्रमित सघन उपचार कक्ष(आईसीयू)मा रहेका छन् । जसमध्ये २ सय ८५ जनालाई भेन्टिलेटरमा राखिएको छ ।

 

 

पछिल्लाे २४ घण्टामा थप १ सय ६८ जना काेराेना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगे नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ४ हजार २ सय ५२ पुगेकाे छ ।

 

 

काठमाडाैँ उपत्यकामा मात्रै झण्डै ४ हजारमा संक्रमणः
मन्त्रालयले उपत्यकाका तीन जिल्लामा तीन हजार ९ सय २४ संक्रमित थपिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा काठमाडौंमा तीन हजार २ सय ५०, ललितपुरमा  ४ सय ४८ र भक्तपुरमा २ सय २६ जनामा संक्रमण पुष्टि भएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार