शुक्रबार देखि लागुहुने गरी नेपाल टेलिकमले एकमहिने ‘लकडाउन स्टे कनेक्टेड’ अफर ल्यायाे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, ३० बैशाख २०७८ । 

नेपाल टेलिकमले शुक्रबार बाट लागु हुने गरी प्रयाेगकर्ताहरूलाई एक महिने अफर दिने भएकाे छ ।

काेराेना संक्रमणका कारण विभिन्न जिल्लामा निषेधाज्ञा जारी भैरहेकाे अवस्थामा टेलिकमले शुक्रबार बाट लागु हुने गरी प्रयाेगकर्ताहरूलाई एक महिने अफर दिने भएकाे हाे ।  काेराेना संक्रमणका कारण सिर्जना भएकाे विषम परिस्थितिमा सेवाग्राहीलाई थप सुविधा दिने लक्ष्यले भाेलि अर्थात बैशाख ३१ देखि लागु हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर दिने जानकारी गराएको छ ।

 

टेलिकमले अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपियाँमा उपलब्ध गराउने भएको छ । उक्त डाटा प्याकको सि्पड १ एमबीपीएससम्म हुनेछ । यो अफर २४ घण्टासम्म चलाउन पाइने छ ।

 

दैनिक रुपमा एक पटक प्याक खरिद गरी बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म डाटा प्रयोग गर्न पाउने जनाएको छ । मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने समेत जनाएको छ । दुई सय देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराउने टेलिकमले जनाएको छ । उक्त डाटा २ दिनभित्र प्रयोग गर्न पर्ने समयसीमा तोकेको छ ।

 

यसै गरी ५०० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइनेछ र उक्त डाटा ४ दिनभित्र प्रयोग गरी सक्नु पर्ने नेपाल टेलिकमले जनाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार