एकैदिन झण्डै ८ हजार संक्रमित निकाे भएः८१७३ नयाँ संक्रमित थपिए,निकाेहुने ३ लाख ६० हजार नाघे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैँ, ५ जेठ २०७८ ।

नेपालमा एकैदिन झण्डै ८ हजार काेराेना संक्रमित निकाे भएका छन् ।

बुधबार मात्रै झण्डै ८ हजार काेराेना संक्रमित निकाेभइ घर फर्किएका हुन् । पछिल्लाे २४ घण्टामा ७ हजार ९ सय ८९ जना कोरोना संक्रमित संक्रमण निकाे भइ डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या ३ लाख ६० हजार ४ सय ३ पुगेकाे छ ।

 

यस्तै पछिल्लाे २४ घण्टामा ८ हजार १ सय ७३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।  देशभरीका विभिन्न प्रयाेगशालामा पीसीआर विधिबाट  गरीएकाे परीक्षणमा ८ हजार ६४ र एन्टिजेन परीक्षणबाट १ सय ९ गरी थप ८ हजार १ सय ७३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे । नयाँ संक्रमित थपिएसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या ४ लाख ८० हजार ५ सय २७ पुगेकाे छ ।

 

साथै पछिल्लाे २४ घण्टामा २ सय ४६ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ५ हजार ६ सय ५७ पुगेकाे छ ।

 

उपत्यकामा मात्रै झण्डै २५ सय संक्रमितः    पछिल्लो २४ घण्टामा भक्तपुरमा २ सय २८, ललितपुरमा २ सय ७० र काठमाडौंमा १ हजार ९ सय ८८ जना काेराेना संक्रमित थपिएका छन् । उपत्यकामा जम्मा २ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार