चन्द्रागिरिमा ७७ जना नयाँ काेराेना संक्रमित थपिएः २५ जना निकाेभए, २ जनाकाे ज्यान गयाे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैँ, ५ जेठ २०७८ । 

काठमाडाैँकाे चन्द्रागिरिमा ७७ जना नयाँ काेराेना संक्रमित थपिएका छन् ।

पछिल्लाे २४ घण्टामा चन्द्रागिरि नगरपालिकामा ७७ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।   नगर भित्रका १५ वटा वडा मध्ये १४ वटा वडामा मात्रै ७७ जना नयाँ काेराेना संक्रमित थपिएका चन्द्रागिरि नगरपालिकाले जनाएकाे छ । नगर भित्रका ९ नं वडा बाहेकका सबै वडाहरूमा नयाँ काेराेना संक्रमित थपिएका छन् ।

 

वडानं १ देखि वडानं ८ सम्म क्रमशः २,३,८,४,४,५,३,७, जना र वडानं १० देखि १५ सम्म क्रमशः ६,५,८,७,११,४ जनामा संक्रमण पुष्टि भएकाे छ । नगर भित्र १४ नं वडामा सबैभन्दा धेरै ११ जना संक्रमित थपिएकाछन्  । याेसँगै चन्द्रागिरिमा काेराेना संक्रमितकाे कुल संख्या ३ हजार ६ सय ५१ पुगेकाे छ ।

 

साथै पछिल्लाे २४ घण्टामा २५ जना काेराेना संक्रमित निकाे भएका छन् । याेसँगै चन्द्रागिरिमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या २ हजार ४ सय ६७ पुगेकाे छ । याे संख्या निकाे हुने दरकाे ६८ प्रतिशत हाे ।

 

यस्तै पछिल्लाे २४ घणटामा थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याेसँगै चन्द्रागिरिमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे कुल संख्या ३७ पुगेकाे छ । नगर भित्रका १,२,११ र १३ वडामा भने हाल सम्म कुनैपनि संक्रमितकाे मृत्यु भएकाे छैन ।  हाल सम्म १५ नं वडामा सबै भन्दा धेरै ८ जना संक्रमितकाे मृत्यु भएकाे छ ।

 

थप हेर्नुहाेस् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार