लाचारी सरकारका भेडा जनता- नराम्राेकाे विराेध र राम्राकाे समर्थन गर्न कहिले सिक्ने ?

याे सामग्री सेअर गर्नुहाेस्

 

सुजन प्रेमी

अहिले कोरोना महामारीले विश्व नै आक्रान्त बनेको छ । विश्वको महामारी नेपालमा नआउला भनेर त कल्पना पनि नगर्दा हुन्छ किनकि यहाँ न बिधि छ न पद्धति । सावधानी र चेतना भन्ने शुन्य जस्तै भएको नेपालमा वीर नेपाली बस्छन् अनि यिनिहरुले अरुलाई टेर्छन् ? कोरोनाको यो महामारी कसरी नियन्त्रण गर्न सकिन्छ भनेर विश्व नै चिन्तित बनेको छ । सन् २०१९ को अन्त्यतिर चिनबाट सुरु भएको कोरोना २०२० को आधाआधिमा चिनले करिबकरिब नियन्त्रणमा लियो ।

विश्व घुमिरहेको कोरोनालाई नियन्त्रण त के सावधानीको अभ्यास सम्म भएको पाइदैन नेपालमा । अन्तरास्ट्रिय उडान र खुल्ला सिमानामा उचित सुरक्षा अपनाउन नसक्दा अपत्यारिलो रूपमा कोरोना नेपाल भित्रियो । कोरोना आएको सुरुवाती चरणमा सरकारले तदारुकता देखाएझैँ गर्‍यो । लकडाउन गर्नेदेखि उपचार गर्नेसम्मका काम प्रभावकारी देखिएपनी एकदुई महिना मै सरकार सुस्तायो अनि जनताले पनि सरकारलाई टेर्न छोडे । टेरुन् पनि कसरी ? कहिलै विधि र बिधानमा चल्ने बानी भएपो?

५ सयको रक्सी खाएर दश रुपैयाँको मास्क सरकारले दिएन भनेर सडकमा बिरोध गर्ने हामी नागरिकलाई चै किन लाज नलागेको होला है??

महामारी भुसमा आगो फैलिएझैँ फैलियो । तर चेतनाहिन जनताले सुरक्षा अपनाउनै मानेनन् । आदेश पालन गर्दै गरेनन् । अलिकति चेतना भएका भनौदा राजनीतिक दलहरूले भटाभट मान्छे ओसारपसार गर्न थाले । त्यसपछि त नेपालमा कोरोनाको अवस्था भयावह हुँदै गयो । हप्ताको एकजना संक्रमित देखिएको नेपालमा दिनहुुँ ४/५ हजारको हाराहारीमा कोरोना संक्रमित देखिए । जब महामारी फैलिदै गयो तब सरकार सत्ता जोगाउन लागि पर्‍यो, प्रतिपक्षी सरकार ढाल्न लागि परे, अरु राजनीतिक दल मै चोखो भन्दै नारा लाउन थाले अनि भेडा जनता तिनैको पछि दगुर्न थाले ।

सरकारकाे अहिलेकाे ब्राण्ड भने कै मास्कमा कमिसन, भ्याक्सिनमा कमिसन, पाइला पाइलामा कमिसन, ठेक्का लागाउँदा नि कमिसन, सामान ल्याउँदा नि कमिसन । अहिलेको सरकारको उदाङ्गो चरित्र यहि बनिसकेको छ ।

यो महामारी हो यसले हामी कसैलाई छोड्दैन भन्ने चेतना नेपालीहरुमा कहिले आउँछ ? यस्तो महामारीमा बिहे नगरे हुँदैन ? भोज नगरे हुँदैन ? रमिता नगरे हुँदैन ? अहँ हुदै हुदैन यो त गर्नैपर्छ बरु मर्न तयार तर अरुलाई टेर्ने, अरुको कुरा सुन्ने, मनन् गर्ने भन्ने त स्वाभिमानी नेपालीले जान्दै जान्दैन । हो यहि घमण्डले न हामी अघि गयौं न देश । जनताको यहि भेडोपनले कोरोना संक्रमण झन बढिरहेको छ । सरकारले त केही गर्दै गर्दैन । यो सरकार सत्तालाई कसरी टिकाउने भन्ने मात्रै सोचिरहेको छ । जनताको आवश्यकता के हो? भन्ने सरकारलाई के थाहा ? अनेकथरी नारा र आश्वासन मात्रै दिन जानेको सरकार यति लाचारी भैसकेको छ कि अब महामारीमा पनि कमिसन र भ्रस्टाचारमा लिप्त हुन थालेको छ ।

सरकारकाे अहिलेकाे ब्राण्ड भने कै मास्कमा कमिसन, भ्याक्सिनमा कमिसन, पाइला पाइलामा कमिसन, ठेक्का लागाउँदा नि कमिसन, सामान ल्याउँदा नि कमिसन । अहिलेको सरकारको उदाङ्गो चरित्र यहि बनिसकेको छ । सरकारले त गरेन गरेन तर नागरिक चै किन जिम्मेवार नबनेको ? सरकारको कमजोरीको फाइदा उठाएर बिरोध मात्रै गर्ने अनि आफू कोरोना रोकथाममा उदासीन बन्ने चरित्र हामी नेपालीको पहिचान हो । आफुले जे गरेनी ठिक ठान्ने भेडो सोचले हामी कहिले उँभो लाग्ने? कमसेकम आफ्नो दायित्व पूरा गरौं ।

५ सयको रक्सी खाएर दश रुपैयाँको मास्क सरकारले दिएन भनेर सडकमा बिरोध गर्ने हामी नागरिकलाई चै किन लाज नलागेको होला है?? मियो बिनाको दाइ भनेको यहि त होला जुन अहिले भोगिरहेका छौँ । जिम्मेवारी भन्ने हामीले किन बुज्दैनौ? सरकार र जनताले आ आफ्नो जिम्मेवारी बोध गर्दिने हो भने कत्ति सुन्दर हुन्थ्यो होला मेरो देश? म यहि कल्पनामा डुबिरहेको छु । कोरोनाबाट आफु बाचौँ, अरुलाई पनि बचाउँ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार