जैमिनीमा २० बर्षीय युवतीद्वारा आत्महत्या, घटनाको अनुसन्धान हुँदै

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, १० जेठ २०७८ ।

जैमिनीमा २० बर्षीय युवतीले आत्महत्या गरेकी छिन् । बागलुङको जैमिनी नगरपालिका १ कुसीगाउँकी देउ कुमारी केसीले सोमबार आत्महत्या गरेकी हुन् ।

बिहान करिव साँढे सात बजेको समयमा उनले आफ्नै घरको माथिल्लो तलामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय बागलुङको टोली आएर शवलाई पोष्टमार्टमको लागि धौलागिरी अस्पताल बागलुङ लगिएकाे जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी प्रवक्ता ईकवाल हवारीले जानकारी दिनुभयो ।

घटना लगतै प्रहरी चौकी कुश्मिसेराको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । उनले के कारणले आत्महत्या गरेको हो भन्ने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार