Breaking News: जैमिनीमा एकैपटक ७४ जनामा कोरोना संक्रमण, गाउँ गाउँमा जोखिम बढ्दै

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, १२ जेठ २०७८ ।

जैमिनीमा एकैपटक ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङको जैमिनी नगरपालिकाका बिभिन्न वडाका ७४ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेहरुमा जैमिनी नगरपालिका १० राङ्खानीका एकजना, जैमिनी नगरपालिका ८ छिस्तीका ४जना, जैमिनी नगरपालिका ७ जैदिका २३ जना, जैमिनी नगरपालिका ६ अर्जेवाका २३ जना, जैमिनी नगरपालिका ५ बिनामारेका १०जना जैमिनी नगरपालिका ३ उपल्लो दमेकका १ जना, जैमिनी नगरपालिका २ तल्लो दमेकका ८ जना र जैमिनी नगरपालिका १ कुश्मिसेराका ४ जना रहेको जैमिनी नगरपालिका स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।

कोरोना पुष्टि भएका जैमिनी ३ का एकजना, जैमिनी १० का एकजना र जैमिनी १ का दुईजना भने बागलुङ गएर परिक्षण गराउँदा संक्रमण देखिएको हो । जेठ ६ र ७ गते वडा वडामै पुगेर १ सय ९ जनाको स्वाव संकलन गरी परिक्षणको लागि पठाइएकोमा ७० जनाको रिपोर्ट पोजेटिभ देखिएको आचार्यले बताउनुभयो ।

जेठ ६ र ७ गते नगरपालिकाको वडा नं ८ छिस्तीका १० जना, वडा नं ७ जैदिका २७ जना, वडा नं ६ अर्जेवाका ३४ जना, वडा नं ५ विनामारेका २४ जना, वडा नं २ दमेकका ११ जना र वडा नं १ कुस्मिसेराका ३ जना गरी १ सय ९ जनाको स्वाव संकलन गरी धौलागिरी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

यस्तै यसअघि ४८ जना सक्रिय संक्रमित रहेको जैमिनी नगरपालिकामा १८ जना निको भएका छन् । नेपाल सरकारले १० दिन आशोलेसन बसेपछि समस्या नभए दैनिक कार्यमा फर्किन सक्ने व्यवस्था गरेपनि जैमिनी नगरपालिकाले भने १४ दिन आइशोलेसनमा बसेपछि मात्रै निको भएको सूचिमा समावेश गर्ने गरेको छ । बाँकी संक्रमितहरु सबैको अवस्था सामान्य रहेको छ भने उनिहरु सबै होम आइशोलेसनमा रहेका छन् ।

बुधबार थप भएकाहरुको अवस्था पनि सामान्य नै पाइएको र जटिल अवस्था नआएर होम आइशोलेसनमा नै राखिने संयोजक आचाचार्यले बताउनुभयो । बागलुङ गएर परिक्षण गराएकाको पनि स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । उनलाई बागलुङबाट जैमिनी नगरपालिकाको डेडिकेटेड एम्बुलेन्स (कोरोना संक्रमित बोक्न प्रयोग गरिने गाडी) मार्फत घर ल्याउन लागिएको छ ।

नमूनाको आधारमा नतिजा हेर्दा जैमिनीमा कोरोना संक्रमण भयावह स्थितिमा पुगेको देखिएको छ । जम्मा स्वावको ६५ प्रतिशत भन्दा बढिमा कोरोना संक्रमण देखिनु भनेको अत्यन्तै जोखिम अवस्थाको रुपमा मानिन्छ ।

 

याे पनि पढ्नुहाेस् । 

जैमिनीका वडा वडा मै पुगेर १ सय ९ जनाको कोरोना परिक्षणका लागि स्वाव संकलन


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार