स्वास्थ्यकर्मीलाई आफ्नाे पेशागत धर्म निर्वाह गर्ने वातावरण बनाइदिन स्वास्थ्य मन्त्रालयकाे अपिल

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैँ, १४ जेठ २०७८ ।

स्वास्थ्यकर्मिलाई आफ्नाे पेशागत धर्म निभाउने वातावरण बनाइदिन स्वास्थ्य तथाजनसंख्या मन्त्रालयले अपिल गरेकाे छ ।

शुक्रबार मन्त्रालयले स्वास्थ्यकर्मिहरूलाई उच्च मनाेबलका साथ आफ्नाे पेशागत धर्म निभाउने वातावरण बनाइदिन  अपिल गरेकाे हाे । भेरी अस्पतालमा भएकाे घटना प्रति ध्यानाकर्षण भएकाे जनाउँदै विषम परिस्थितिमा समेत पेशागत मर्यादा नभुली काम गरीरहेका स्वास्थ्यकर्मी माथि कार्यस्थलमै सांघातिक हमलाहुने खालका क्रियाकलाप बढ्दैजानु निकै लज्जास्पद भएकाे मन्त्रालयले उल्लेख गरेकाे छ ।

 

सर्वसाधारणलाई  काेराेना भाइरस काेभिड १९ ले जति समस्या परिरहेकाे छ त्याे भन्दा धेरै स्वास्थ्यकर्मीकाे  पेशा, आफन्त, समाजमा महामारी शुरूभएदेखिनै भएका कठिनाइहरू कसैलेपनि नभुल्न भनिएकाे छ ।

 

 

यसरी कहिँ कतै कसैले कुनैपनि वहानामा स्वास्थ्यकर्मी माथि गर्ने अमानविय गतिविधिहरूमा शुन्य सहनशीलता राखि ऐन अनुसार कडा भन्दा कडा कारबाहिकाे प्रबन्ध गरीदिन सम्बन्धित सबैमा मन्त्रालयले अनुराेध गरेकाे छ ।

थप हेर्नुहाेस् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार