Breaking News: जैमिनीमा विद्यालय तहको परिक्षा नहुने, आन्तरिक मुल्यांकनबाट कक्षोन्नती

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, १७ जेठ २०७८ ।

बागलुङको जैमिनीमा आन्तरिक मुल्यांकनबाट नतिजा प्रकाशन गरिने भएको छ । कोरोना संक्रमण जोखिमका कारण रोकिएको कक्षा एक देखि नौ सम्मको परिक्षा स्थिति सहज नहुने देखिएपछि आन्तरिक मुल्यांकनबाट नतिजा सार्वजनिक गर्न लागिएको हो ।

जिल्लाभर निषेधाज्ञा जारी भएको र कोरोना संक्रमणको जोखिम तत्काल कम हुने अवस्था नदेखिएकाले आन्तरिक मुल्यांकनबाट कक्षोन्नती गराउने तयारी गरिएको शिक्षा शाखा संयोजक उप सचिव खेम प्रसाद आचार्यले जानकारी दिनुभयो ।

सबै विद्यालयले जेठ मसान्तसम्म नतिजा प्रकाशन गरी असार पहिलो साता नयाँ शैक्षिक सत्रको लागि तयारी हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

गत जेठ २ गते नगरपालिका स्तरीय कक्षा आठ अर्थात आधारभुत शिक्षा उत्तिर्ण परिक्षा सहित कक्षा एक देखि नौ सम्मको परिक्षा गरिने तय भएपनि कोरोना जोखिम बढ्दै गएपछि स्थगित गरिएको थियो ।

No photo description available.


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार