बरेङ गाउँपालिकाको जनमूखि काम: रेडियोबाटै लोकसेवाको तयारी

याे सामग्री सेअर गर्नुहाेस्

 

सुजन प्रेमी
बागलुङ, २० जेठ २०७८ ।

बागलुङको बरेङ गाउँपालिकाले रेडियोबाटै लोकसेवाको तयारी गराउने भएको छ । गाउँपालिकाको चालु आर्थिक बर्ष .२०७७/७८ को लक्षित वर्ग उत्थान कार्यक्रम अनुसार रेडियोबाट हेलो लोकसेवा कार्यक्रम सञ्चालन गरिने भएको हो ।

सामुदायिक रेडियो बिहानी ८९ मेघार्हज बरेङ र बरेङ गाउँपालिकाको सहकार्यमा जेठ २२ गते देखी हेलो लोकसेवा कार्यक्रम सञ्चालन गर्न लागिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । बरेङ गाउँपालिका भित्रका इच्छुक विद्यार्थीहरु खुल्ला सहभागी हुन पाउने छन् ।

रेडियोबाट सञ्चालन हुने कार्यक्रममा लोकसेवा आयोगले निर्धारण गरेको खरिदार वा सो समुहको पाठ्यक्रमबाट प्रश्न सोधिने गाउँपालिकाले जनाएको छ । कार्यक्रम शनिबार बिहान १० बजे देखी ११ बजेसम्म सञ्चालन हुने छ ।

No photo description available.

कार्यक्रमले लोकसेवाको तयारी गरिरहेका र लकडाउनका कारण थप तयारी गर्न नपाएकाहरुको लागि प्रभावकारी हुने अधिकृत थापाको विश्वास छ । बरेङ गाउँपालिकाले कोरोना महामारीको समयमा पनि जनमूखि कामहरु गरेर समुदायका नागरिकहरुलाई कोरोनासँग जुध्न सिकाइरहेको छ । हाल गाउँपालिकाको सहयोगमा रेडियोबाट विषयगत क्विज, स्वास्थ्य परामर्शको लागि हेलो डाक्टर लगाएतका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

गतबर्ष पनि गाउँपालिकाले रेडियोबाटै विद्यार्थीहरुलाई अध्यापन गराउने, टोल शिक्षा लगाएतका प्रभावकारी कार्यक्रमहरु गरेको थियो ।

जिल्लाकै अब्बल मानिने बरेङले आमसञ्चारका माध्यामहरूलाई पनि उचित प्रयोग गर्दै जनस्तरमा प्रभावकारी कार्यक्रमहरु गर्दै आइरहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार