चन्द्रागिरिमा ८७ प्रतिशत संक्रमित निकाेभए, १५ देखि ४५ वर्ष उमेर समुहमा संक्रमण दर उच्च

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैँ, २१ जेठ २०७८ । 

काठमाडाैँकाे चन्द्रागिरिमा ८७ प्रतिशत काेराेना संक्रमित निकाेभएका छन् ।

शुक्रबार सम्म चन्द्रागिरिमा ८७ प्रतिशत काेराेना संक्रमित निकाेभएका हुन् । नगरपालिका भित्रका कुल संक्रमित मध्ये ८७ प्रतिशत अर्थात ३ हजार ९ सय २७ जना काेराेना संक्रमण निकाे भएका चन्द्रागिरि नगरपालिकाले जनाएकाे छ ।

 

यसैगरी पछिल्लाे २४ घण्टामा थप ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै चन्द्रागिरि नगरपालिकामा काेराेना संक्रमितकाे कुल संख्या ४ हजार ४ सय ९४ पुगेकाे छ । हाल सम्म सबैभन्दा धेरै वडानं १४ मा ५ सय ३८ जना र सबै भन्दा थाेरै वडानं २ मा १ सय २५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । नगरपालिका भित्र ५ सय १२ जनामा संक्रमण सक्रिय छ । सक्रिय संक्रमित मध्ये २१ जना अस्पताल आईशोलेसनमा  र ४ सय ९१ जना हाेम आईशोलेसनमा छन् ।

यस्तै हाल सम्म ५५ जनाकाे काेराेना संक्रमणका कारण ज्यान गएकाे छ । नगरपालिकाका भित्रका संक्रमित मध्ये १२ जनाकाे घरमा र ४३ जनाकाे अस्पतालमा मृत्यु भएकाे हाे ।

१५ देखि ४५ वर्ष उमेर समुहमा संक्रमण दर उच्चः

चन्द्रागिरि नगर भित्र १५ देखि ४५ वर्ष उमेर समुहमा संक्रमण दर उच्च देखिएकाे छ । संक्रमण पुष्टि भएका मध्ये १५ देखि ४५ वर्ष उमेर समुहका महिला र पुरूषमानै संक्रमण दर उच्च देखिएकाे हाे ।  हाल सम्मका कुल संक्रमित मध्ये २ हजार ७ सय ९८ जना १५ देखि ४५ वर्ष उमेर समुहका छन् । जसमध्ये पनि १ हजा २ सय ४८ महिला र १ हजार ५ सय ५० जना पुरूष छन् ।

 

६० दिखि माथि उमेर समुहमा मुत्युदर उच्चः

नगर भित्र ६० वर्ष पा साे भन्दा माथि उमेर समुहमा मृत्यु दर उच्च देखिएकाे छ । हाल सम्म काेराेना संक्रमणका कारण ज्यान गुमाएका मध्ये ३० जना ६० वर्ष पा साे भन्दा माथि उमेर समुहका छन् । ४५ देखि ६० वर्ष उमेर समुहका १९ जना र १५ देखि ४५ वर्ष उमेर समुहका ६ जना गरी कुल ५५ जनाकाे ज्यान गएकाे छ । हाल सम्म ० देखि १५ वर्ष उमेर समुहका कुनैपनि संक्रमितकाे मृत्यु भएकाे छैन ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार