जैमिनीले समयमा नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, यस्ता छन् प्राथमिकताका योजना

याे सामग्री सेअर गर्नुहाेस्


बागलुङ, ४ असार २०७८

जैमिनी नगरपालिकाले समय सिमाभित्रै नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । कोरोनाका कारण कतिपय समस्या परेपनि नगरपालिकाले समयमै बजेट ल्याउने तयारी गरेको हो ।

कानुन अनुसार असार १० गते भित्र नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने भएकाले सोहि अनुसार तयारी थालिएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

अहिले बिषयगत समितिहरु छलफलमा रहेको र वडाबाट पनि कतिपय योजनाहरु छनोट भएर आइरहेकाले असार १० गते नीति तथा कार्यक्रम र बजेट बक्तव्य आउने उहाँको भनाई छ ।

अबको बजेटलाई दिगो विकासमा केन्द्रित गरेर ल्याइने प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताउनुभयो । कृषि र पर्यटनलाई जोडेर बिकास गर्न सके नगरपालिकामा आर्थिक उन्नति हुने भन्दै उहाँले आगामी आर्थिक बर्षभित्र सम्पतीकर लागु गरिने जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रम र बजेटको खाका तयार भैसकेको भन्दै उहाँले असार ५ गते कार्यपालिकाको बैठकबाट पारित गरेर नगरसभामा पेश गर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज काेइराला सँगकाे कुराकानी सुन्नुहाेस् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार