टिकटकले बन्द गरिदियो बालबालिकाका ७३ लाख एकाउन्ट, ६ करोड बढि भिडियाे हटाइयाे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाै, १७ असार २०७८ ।

१३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो ।

नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न पाउँदछन् तर  उमेर ढाँटेर बालबालिकाको नाममा खोलिएको त्यस्ता संकास्पद एकाउन्टहरु बन्द गरिदिएको टिकटकले पहिलोपटक आफ्नो सामुदायिक निर्देशिका कार्यान्वयन प्रतिवेदनमा याे तथ्यांक सार्वजनिक गरेको छ ।

यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो ।  यो भिडियो प्लाटर्फम किशोर किशोरीहरुको बीचमा पनि निकै लोकप्रिय रहँदै आएको छ ।

टिकटकको रिपोर्टअनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटक एपको नियम उल्लंघन गरेका ६ करोड १९ लाख ५१ हजार ३२७ वटा भिडियो हटाइएको छ ।

त्यस्तै यस अवधिमा १९ लाख २१ हजार ९०० वटा विज्ञापनहरु विज्ञापन नीति तथा निर्देशिका उल्लंघन गरेको भन्दै अस्विकार गरेको टिकटककाे प्रतिवेदना उल्लेख छ । श्राेतः नेपाली नेटवर्क


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार