चितवनका बस्तीमा बाढी पस्याे,यातायात र विद्युत सेवा समेत अबरूद्ध

याे सामग्री सेअर गर्नुहाेस्

चितवन, २४ असार २०७८ ।

चितवनका बस्तीमा बाढी पसेकाे छ ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी आउँदा चितवनको माडीमा नजिकका बस्तीमा बाढी पसेकाे हाे ।  बाढी पसे पछि बस्तीहरू डुबानमा परेका छन् । बाढीले रौतने खोला छेउको ड्याम कटान गरे पछि माडी-३ मलाहीटोल डुबानमा परेको छ ।  डुबान भएसँगै त्यहाँका घरहरूमा पानी पस्न थालेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

 

माडीको बरुवा बजारस्थित सुकुमबासी बस्ती पनि डुबानमा परेको छ ।  डांग्रेखोलामा आएको बाढीले सुकुमबासी बस्ती डुबानमा परेको हाे ।

 

साथै माडी नगरपालिका-७ को परुई खोलामा बाढी आउँदा चेपाङ बस्ती पनि डुबानमा परेको छ । मगइ खोलामा बाढी आउँदा बिजुलीका पाेल समेत बगाएकाे छ ।  पोलहरू बगाउँदा विद्युत सेवा अबरुद्ध बनेको  छ ।

 

यस्तै रिउ नदीमा पानीको सतह बढ्दै जाँदा गर्दी र सेरुवा गाउँ उच्च जोखिममा परेको छन् ।  पानीको सतह बढेर खोलाले कटान गर्दा जिल्लाकाे सदरमुकाम भरतपुरसँग यातायात सम्पर्कसमेत टुटेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार