अबको तीन दिन ठूलो पानी नपर्ने, असोजको पहिलो हप्ता सम्म नै यो वर्षको मनसुन रहने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, २५ भदाै २०७८ ।

अबको तीन दिन मनसुन कमजोर रहने मौसमविद्ले बताएका छन् ।न्यूनचापीय रेखाको प्रभाव नेपालमा कम परेकाले अबको तीन दिन लगातार झरी पर्ने वा भारी वर्षा हुने सम्भावना नरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

तर स्थानीय वायुको प्रभावका कारण सामान्य बदली भइ देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । आज कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ भने अरु ठाउँको आकाशमा सामान्य बादल लागेर हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।

असोजको पहिलो हप्ता सम्म नै यो वर्षको मनसुन रहने भएकाले अबको तीन दिन मनसुन कमजोर भए पनि फेरि पानी पार्ने मौसमी प्रणाली नेपाल भित्रिएर ठूलो पानी वा लगातार झरी पर्ने सम्भावना पनि रहने सक्ने उहाँले बताउनुभयो ।  उज्यालाे अनलाइनबाट


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार