काठमाडाै, ११ असाेज २०७८ ।
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडलेको आईपिओ खुल्ला भएकाे छ । साेमबारदेखि कम्पनीले सर्वसाधारणहरूका लागि आईपिओ खुल्ला गरेकाे हाे ।
सर्वसाधारणहरूका लागि असाेज ११ गतेदेखि १४ गतेसम्म आवेदन दिनेगरी ७ लाख ४४ हजार कित्ता आईपिओ जारी गरिएकाे बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन अनुमति पाएकोमा ४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री भैसकेकाे छ ।
प्रतिक्रिया दिनुहाेस्