Breaking News: जैमिनीमा काेराेना जाेखम बढ्याे, ५ जनामा संक्रमण पुष्टि

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ११ असाेज २०७८ । 

बागलुङकाे जैमिनीमा ५ जना काेराेना संक्रमित भेटिएका छन् । साेमबार जैमिनी नगरपालिका ५ विनामारेका १७ जनाकाे एन्टिजेन विधिबाट काेराेना परिक्षण गर्दा ५ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे ।

लक्षण सहितका व्यक्तिहरूकाे नमूना परिक्षण गर्दा काेराेना संक्रमण देखिएकाले जैमिनीमा काेराेना जाेखिम अझै कायम रहेकाे जैमिनी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक गाेविन्द प्रसाद आचार्यले जानकारी दिनुभयाे । काेराेना संक्रमित शुन्य देखिएपनि जाेखिम कायम नै रहने हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपले पालना गर्न उहाँले सबैलाई आग्रह गर्नुभएकाे छ ।

पछिल्लाे समय काेराेना संक्रमित नदेखिएपछि लापरवाही बढ्दै गएकाे पाइन्छ । भिडभाड गर्ने र मास्क नलगाउनेहरूकाे संख्या बढिरहँदा काेराेना संक्रमण फैलनसक्ने देखिएकाे छ । केहि समय काेराेना संक्रमित शुन्य भएकाे जैमिनीमा फेरि जाेखिम बढ्न थालेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो