नेपाली कांग्रेस जैमिनी नगर सभापतिमा प्रेम सापकोटा विजयी, कसले कति मत पाए ?

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० असोज २०७८ ।

नेपाली कांग्रेस जैमिनी नगर सभापतिमा प्रेम सापकोटा बिजयी हुनुभएको छ । निकटम प्रतिद्धन्दी काशिराम आचार्यलाई ३० मतले पछि पार्दै सापकोटा सभापतिमा बिजयी हुनुभएको हो ।

२ सय ७१ मतदाता मध्ये २ सय ६६ मत खसेको र आचार्यले १ सय १६ मत प्राप्त गर्दा सापकोटाले १४६ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै उप सभापतिमा बिमल श्रीस र ओम बहादुर केसी, सचिवमा बम बहादुर क्षेत्री र शिव कुमार श्रीस र सह सचिवमा दिपक सुवेदी र बिमल आचार्य विजयी हुनुभएको छ ।

उप सभापतिका उम्मेदवार ओम बहादुर केसीले १७२, किरण शर्माले १ सय १६ र विमल श्रीसले २ सय ६ मत प्राप्त गर्नुभएको छ । नगर सचिव पदका उम्मेदवार बम बहादुर क्षेत्रीको लागि २ सय मत, नारायण अधिकारीको लागि ९५ मत र शिव कुमार श्रीसको लागि १ सय ९१ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । सह सचिवमा ईश्वरी प्रसाद चापागाईँले ७१, डिल्लीराज पौडेलले ६०, दिपक सुवेदीले १ सय ८७ र बिमल आचार्यले १ सय ७० मत प्राप्त गर्नुभएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो