काठमाडाैं, ३० चैत २०७८ ।
सुनकाे भाउ निरन्तर उकालाे लाग्न थालेकाे छ ।
बुधवार पनि भाउ फेरि बढेर प्रतिताेला एकलाख भन्दा माथिनै कायम भएकाे हाे । हिजो तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेर एक लाख १ हजार ५ सय रुपैयाँ कायम भएकाे छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको हाे ।
यस्तै, आज चाँदीको भाउ पनि बढेकाे छ । बुधवार चाँदी तोलाको १४ सय रुपैयाँ कायम भएकाे छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो भने बुधवार २० रूपैयाँ बढेर १४ सय रूपैया पुगेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्