भारतमा भएकाे आगलागी घटनामा परी अर्घाखाँची घर भएका एक नेपालीकाे ज्यान गयाे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैं, ३० चैत २०७८ । 

भारतमा भएकाे आगलागी घटनामा परेर एक नेपालीकाे ज्यान गएकाे छ ।

भारतको हरियाणा हिसारमा भएको आगलागीमा परेर एक जना नेपालीको ज्यान गएको हाे । हिजो अर्थात मंगलवार हिसारमा रहेको राम चाट भण्डारमा आगो लाग्दा अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

मृतक बालक तीन महिना अघि मात्रै बुवालाई भेट्न भारत गएका थिए । त्यसपछि उनले भारतमै बसेर काम गर्न थालेका भीमबहादुरको बुवालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

 

तिबालकका बुवा हुबबहादुरले गाउँका अन्य पाँच जना पनि राम चाट भण्डारमा नै काम गर्ने गरेकाे बताउनु भएको छ । आगो लागेपछि उनीहरुले भागेर ज्यान जोगाएका तर मृतक बालक भने सुतेकाले उनको ज्यान गएको उल्लेख गरिएको छ ।

 

प्रहरीले बालककाे पोस्टमार्टम गरी शव बुझाएको जानकारी दिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिका– ३ का वडा अध्यक्ष चेतप्रसाद खनालले भारतमा बालकको ज्यान गएको पुष्टि भएको जानकारी दिनुभएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो