पर्वतारोहणका लागि अनमुति लिने ६४ देशका ६ सय ७ पुगे, सगरमाथा आरोहणका लागी सबैभन्दा धेरै अनुमति लिइयाे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैं, ३० चैत २०७८ । 

नेपालमा पर्वतारोहणका लागि अनमुति लिने आरोहीको सङ्ख्या ६ सय ७ जना पुगेको छ ।

यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि अनमुति लिने आरोहीको सङ्ख्या ६ सय ७ जना पुगेको हाे । अहिलेसम्म नेपालका १९ वटा हिमाल आरोहणका लागि ७४ आरोहण दलका ६ सय ७ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

 

गत वर्षको वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि ६ सय ३५ जनाले अनमुति लिएकामा याे बर्ष ६ सय ७ जना ले अनुमति लिसकेका छन् ।  याेपटक अनुमति लिएकामध्ये ४ सय ७४ जना पुरुष र १ सय ३३ जना महिला रहेका विभागले जानकारी दिएकाे छ ।

 

याे पटक वसन्त ऋतुमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि दुई सय २५ जनाले अनुमति लिएका छन् । यस्तै कञ्चनजङ्घाका लागि ६७ र आमाडब्लम हिमाल आरोहणका लागि ६५ जनाले अनुमति लिएका छन् । अनुमति लिनेहरूमा ६४ देशका आरोही रहेका छन् । सबैभन्दा धेरै अमेरिकाका एक सय चार जना छन् ।

 

युद्धग्रस्त देश युत्रेनबाट यस वर्ष कुनै पनि आरोही आएनन् भने युक्रेनमा आक्रमण गरिरहेको देश रुसबाट १७ जना आरोही आएका छन् । आरोहीबाट सरकारले रोयल्टी वापत ३३ करोड रुपैयाँ सङ्कलन गरेको छ । यसैबीच गण्डकी प्रदेशमा पर्ने अन्नपूर्ण आधार शिविर र मर्दी हिमालको पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढेसँगै पर्यटन व्यवसायी खुसी भएका छन् । कोरोनाका कारण सुस्ताएको पदयात्रा पर्यटनले गति लिन थालेसँगै यस क्षेत्रका व्यवसायी उत्साहित भएका हुन् ।

 

पछिल्ला दिनमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि पदयात्राका लागि आउन थालेसँगै पदयात्रा मार्गका व्यवसायीमा उत्साह थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले बताउनुभयो । मर्दी हिमालमा पदयात्राका लागि मात्रै पनि दैनिक सय जनाभन्दा धेरै पर्यटक पुग्ने गरेका छन् ।  हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमाल अन्नपूर्णको काखमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रामध्ये पर्छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो